image
image

दैलेख घटनालाई लिएर एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा

काठमाडौँ, २७, असार ।  स्थानीय तहको निर्वाचनमा अमार्यदित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको छ ।

प्रतिनिधिसभा बैठकमा साेमबार बौल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले राजीनामा माग गरेको हो ।

‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन,’ प्रमुख सचेतक भट्टराईले भने । दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै उनले आश्चर्यसमेत व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।