image
image

मलेसियामा विदेशी कामदार आपूर्तिमा केही ढिलाई हुने

काठमाडौँ, २६, असार ।  मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्ले बेष्टिनेटमाथिको अनुसन्धानले विदेशी कामदार आपूर्तिमा केही ढिलाई हुने बताएका छन् । त्यहाँको भ्रष्टाचारविरूद्ध छानविन गर्ने निकायले गत मंगलबार क्लालाम्पुरस्थित बेष्टिनेट कार्यालयमा छापा मारेको थियो ।

मलेसियाको ‘दातुक शेरी’ उपाधि लिएका बंगलादेशका नागरिक अमिन मिर अब्दुल नुरले सञ्चालन गरिरहेको बेष्टिनेट कम्पनीले मलेसियामा रोजगारीमा आउने विदेशी कामदारको स्वास्थ्य परीक्षण रिपोर्टको परीक्षण ‘स्क्रिनिङ’ गर्दै आइरहेको छ ।

 मन्त्री साराभानन्ले उक्त कम्पनीले गर्ने काम नरोकिने तर ‘स्लो’ हुने बताए । मलेसियामा विदेशी कामदारको अभाव देखिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । विदेशी कामदारको भिसा एप्रुभलमा ढिलाइ गरिरहेको भन्दै मलेसियाका निजी क्षेत्रका उद्योगीहरूले सरकारको आलोचना गरेका छन् । 

यस्तो अवस्थामा विदेशी कामदार आपूर्ति प्रक्रियामा संलग्न बेष्टिनेटमाथिको कारबाही कामदार आपूर्तिमा समस्या थप्ने कतिपयको चिन्ता छ । मलेसियाका पाम आयल, कन्ट्रक्सन तथा म्यानुफ्याक्चरिङ सेक्टरमा विदेशी कामदारको माग अनुसार पूर्ति हुन नसकेको बताइएको छ ।

बेष्टिनेटका सञ्चालक अमिनलाई मंगलबार र बुधबार बंगलादेशमा २५ वटा म्यानपावर कम्पनी छनोट सम्बन्धमा सोधपुछ गरिएको र कडा निगरानीमा राखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।