image
image

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ, २१, असार ।  मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठकक बोलाएका हुन्। 

बजेटमा अनधिकृत व्यक्ति प्रवेशपछि सीसीटीभी फुटेज डिलिट भएको मुद्दा पेचिलो बनिरहेको समयमा मन्त्तिपरिषद्को बैठक बोलाइएको हो। 

अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन वा हटाउन प्रधानमन्त्री देउवामाथि सत्ता गठबन्धन दलका नेताहरुले नै दबाब दिइरहेका छन्।

सोमबारको संसद्मा प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले उक्त विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेका थिए। 

कांग्रेसकै महामन्त्री गगन थापाले राजीनामा वा बर्खास्त गर्नुपर्ने धारणा राखेका थिए। जनता समाजवादी पार्टीबाट सोमबार मात्रै शपथ लिएका तीन मन्त्रीको पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।