image
image

अब १५ दिनभित्र आफ्नै जिल्लामा राहदानी

काठमाडौँ, १९, असार । राहदानी विभागले जरुरीबाहेकका सेवाग्राहीले राहदानी बनाउन विभागमा निवेदन नदिन आग्रह गरेको छ। 

विभागले आइतबार सूचना जारी गर्दै विभागमा राहदानी लिने सेवाग्राहीको संख्या विगत ३ महिनादेखि उल्लेख्य रुपमा बढिरहेको जनाउँदै यस्तो आग्रह गरेको हो। काठमाडौं उपत्यका बाहिरका जिल्लामा १० दिनदेखि १५ दिनभित्र राहदानी उपलब्ध गराउने सुनिश्चितता गरिएको अत्यन्त जरुरीबाहेकका सेवाग्राहीले राहदानी बनाउन विभागमा निवेदन नदिन विभागले आग्रह गरेको छ। 

धेरै सेवाग्राहीलाई सेवा दिने अभिप्रायले विभागले आफ्नो क्षमता अभिवृद्धि गर्ने, सबै जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट समेत नियमित रुपमा राहदानी आवेदन गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ। 

हाल दैनिक ६५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको भन्दै विभागले बढीभन्दा बढी सेवाग्राहीलाई सेवा दिन आफूहरु तत्पर रहेको र सोहीअनुरुप अधिकतम समय कार्य गरी सेवा दिइरहेको स्पष्ट पारेको छ। 

जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरु विभागले प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेकोले काठमाडौँ उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ताभित्रमा र अन्य जिल्लाको हकमा १० देखि१५ दिनभित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।