image
image

वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान खोजिने

काठमाडौँ, १७, असार । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान खोज्ने बताएका छन् । 

नवनियुक्त मन्त्री कुँवरलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न संघको नेतृत्वमा गएका वैदेशिक रोजगार व्यवसायीहरूलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै मन्त्री कुँवरले उक्त कुरा बताएका हुन् । 

यसअघि मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएपछि एक्लाएक्लै पुगेर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिने गरेका व्यवसायीहरूले अहिले भने संघको नेतृत्वमा एकमुष्ट बधाई दिएका हुन् ।

संघका तर्फबाट संयोजक विमलप्रसाद ढकालले वैदेशिक रोजगारका क्षेत्रमा समाधान हुन नसकेका समस्या राखेपछि मन्त्री कुँवरले मन्त्रालयको टिम र व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने बताए । 

आन्तरिक रोजगारी र वैदेशिक रोजगारी दुबै क्षेत्रमा रहेका समस्याको समाधान खोज्नुपर्ने अवस्था रहेकोले गम्भीरताका साथ गृहकार्य गर्ने भन्दै मन्त्री कुँवरले पार्टीले फिर्ता बोलाएको दिन फिर्ता हुनुपर्ने भएकाले गर्नुपर्ने काम तदारुकताका साथ अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।