image
image

म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण अनलाइनमार्फत

काठमाडौँ, १७, असार ।  वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण अनलाइनमार्फत गर्ने भएको छ । गत जेठ मसान्तमा आगामी आर्थिक वर्षका लागि नवीकरणको सूचना सार्वजनिक गरेको विभागले बिहीबार नवीकरण अनलाइनमार्फत गरिने बताएको छ ।

विभागले इजाजतपत्र नवीरकरण गर्न चाहने वैदेशिक रोजगार व्यवसायीलाई वैदेशिक रोजगार ऐन तथा नियमावलीले अनिवार्य गरेका कागजातसहित अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको हो । 

विभागले इजाजतपत्र नवीरकण गर्न चाहने वैदेशिक रोजगार व्यवसायीहरुलाई निवेदनका साथमा नवीकरण दस्तुर बुझाएको भर्पाई, इजाजतपत्रको अगाडि पछाडिको, कम्पनी दर्ताको प्रमाणपत्र आयकर दर्ताको प्रतिलिपि, गत आर्थिक वर्षको कम्पनी अध्यावधिक, गत वर्षको कर बुझाएको कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने बताएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा पूर्व श्रम स्वीकृति लिएको संख्या, अन्तिम श्रम स्वीकृति लिएको संख्या, पठाएका कामदारको संख्या, आर्थिक वर्ष २०७८/०७९ मा कम्तीमा एक सय जना कामदार पठाएको विवरण, आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन, कम्तीमा एक वर्ष अवधि बाँकी रहेको बैंक ग्यारेन्टी पत्र लगायतका कागजपत्र पेश गरिएको कागज ठीक साँचो हो, झुठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला भनी सहीछाप गरी असार मसान्तसम्म अनलाइनमार्फत पेश गर्न सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।