image
image

चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक

काठमाडौँ, १४, असार ।  नेपाली चलचित्र दोखको ट्रेलर सार्वजनिक भएको छ।

सोमबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा माओवादी सशस्त्र युद्धको समयमा सामुदायिक वनमा आफ्नो हक जमाउन दुई गाउँबीच भएको फुटबल प्रतियोगिताको परिवेशलाई प्रस्तुत गरिएको छ।

ट्रेलरले चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने देखिन्छ। अनुप बरालले निर्देशन गरेको चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, राज थापा, सुरज मल्ल, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायतको अभिनय छ।

चलिचित्र निर्माण सविन ज्ञवाली र मनोज अधिकारीले गरेका छन्। माओवादी द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथामा चलचित्र आधारित छ।

ट्रेलर सार्वजनिकपछि सिने सञ्चारकर्मीहरूसँग बोल्दै निर्देशक बरालले फिल्म २०७२ सालमा सुरु गरे पनि भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन लगायतका कारण सम्पन्न हुन नसकेको बताए।

उनले फिल्ममा माओवादी सशस्त्र द्वन्द्वले छोडेका पदचापहरूलाई उतारिएको बताए।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व, निमेष
श्रेष्ठको सम्पादन र राजन कठेतको कथा छ।

चलचित्रको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा र एसोसियट निर्मातामा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दीपक खनाल र युवराज भट्टराई छन्। यो चलचित्रको निर्माण करीव ७ वर्ष अगाडि सुरु भएको थियो।

चलचित्र आउँदो असार २४ गते देशभर प्रदर्शन हुँदैछ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।