नेपाल वर्षाका कारण एसिया कपमा छनोट हुन असफल
काठमाडौँ, १०, असार । नेपाल एसीसी महिला टी २० च्याम्पियनसिप क्रिकेटको फाइनलमा पुग्न असफल भएको छ । नेपाल वर्षाको कारण च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको हो ।नेपाल र यूएईबीचको खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्द भएसँगै यूएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।
नेपाल समूह 'बी'को उपविजेता र यूएई समूह 'ए'को विजेता हो । आईसीसीको नियम अनुसार नेपाल बाहिरिएको हो ।मलेसियामा जारी प्रसितयोगिता अन्तर्ग शुक्रबारको खेलमा यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो ।टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १९.५ ओभरमा अलआउट हुँदै ८१ रन बनाएको थियो ।
नेपालका लागि अस्मिना कर्माचार्यल ५ विकेट लिइन् भने इन्दु बर्माले ३ तथा सिता रानामगरले २ विकेट लिइन् ।यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा ओपनर इशा रोहितले १५ रन जोड्न सफल भइन् ।८२ रनको जवाफी लक्ष्य पछ्याएर ब्याटिङ गर्न मैदानमा उत्रने तयारीमा नेपाल रहेपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल बाहिरिनु परेको हो ।









