image
image

मलेसियाको वैदेशिक रोजगारी पुरानो लयमा फर्कियो

काठमाडौँ, ८, असार ।  लामो समयपछि मलेसियाको वैदेशिक रोजगारी आफ्नो पुरानो लयमा फर्किएको छ । 

जेठ महिनामा संस्थागत अर्थात म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका २९ हजार ३ सय ८२ जनामध्ये ७ हजार १ सय ४१ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका छन् । 

लामो समयपछि वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको संख्या ह्वात्तै बढेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेट्रिक, ओएससीलगायतका संस्थाहरु खारेज गरेपछि २०७५ जेठ १४ गते पूर्व श्रम स्वीकृति बन्द गरेको थियोे । 

त्यसयता मलेसियाको रोजगारी प्रभावित भएको थियोे । केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ९किसान०ले मलेसियाको रोजगारी रोकिँदा रेमिट्यान्स आप्रवाहमा समस्या उत्पन्न भएको बताएका थिए । 

हाल मलेसियामा कामदारको न्युनतम तलब पनि बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।