image
image

अमेरिका भ्रमणको एजेन्डा जानकारी गराउन प्रधानमन्त्रीलाई निर्देशन

काठमाडौँ, ५, असार । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउन निर्देशन दिएको छ ।

आज सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकले भ्रमणको मिति तय भएपछि एजेन्डाबारे जानकारी गराउन निर्देशन दिएको हो । समितिले आज प्रधानमन्त्री देउवालाई छलफलका लागि बैठकमा बोलाएको थियो । तर, उनी उपस्थित भएनन् ।

बैठकमा प्रधानमन्त्री अनुपस्थित भएकामा समितिको ध्यानाकर्षण भएको जनाइएको छ । रक्षामन्त्री समेत रहेका प्रधानमन्त्रीलाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी), परराष्ट्र नीति कार्यान्वयन, अमेरिका भ्रमणबारे जानकारी दिन औपचारिक पत्रसहित समितिमा आउन आमन्त्रण गरिएको थियो । तर, आफू नआउने र प्रतिनिधि समेत नपठाएको भन्दै समिति सभापतिसहित सांसदहरूले दुःख व्यक्त गरे ।

बैठकले दुई वर्षदेखि नबुझाएको समितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने निर्णय गरेको समिति सभापति पवित्रादेवी निरौलाले जानकारी दिइन् ।

समितिले गएको शुक्रबार नेपाली सेना र रक्षा मन्त्रालयलाई एसपीपीसम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन निर्देशन दिएको थियो । ती कागजात आएपछि प्रधानमन्त्रीसहित छलफलमा बस्ने सभापति निरौलाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।