आज मेलम्चीको पानी सुन्दरीजल झर्ने, प्रधानमन्त्रीले अवलोकन गर्ने
काठमाडौँ। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट आजबाट पानी काठमाडौँको सुन्दरीजलमा झर्दैछ ।
गत फागुन १० गते दोस्रो पटक २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएकोमा आज दिउँसो सुन्दरीजल झर्ने आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।
मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने कार्यक्रम तय भएको छ।आयोजनाका अनुसार आज सुन्दरीजल झर्ने पानी रातभर बागमती नदीमा बगाइनेछ । पानीको सतह बढ्न सक्ने भन्दै आयोजनाले बागमती नदी आसपासका बासिन्दालाई यसअघि नै सचेत गराइसकेको छ ।
योसंगै परिक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने बताईएको छ।