image
image

दुई महिनामा २४ केजी तौल घटाउन सफल प्रियंका

काठमाडौँ, ३, असार ।  अभिनेत्री प्रियंका कार्की चलचित्रमा फेरि नायिकाका रूपमा फर्कने तयारीमा छिन् । उनी पछिल्लो समय आफ्नो तौल घटाउन निकै सक्रिय छिन् ।

केही महिना अघि सुत्केरी भएपछि उनी मोटाएर ९३ केजी पुगेकी थिइन् । तर, दुई महिनाको निरन्तर अभ्यासबाट आफूले करिब २५ केजी तौल घटाएको उनले बताएकी छन् ।

‘मैले आफ्नो तौल घटाउनका लागि खाना र व्यायाम दुवैमा ध्यान दिएको छु । अहिले दिनमा दुई घण्टासम्म कडा व्यायाम गरिरहेको छु ।’अभिनेत्री प्रियंकाका अनुसार उनलाई बिजु पार्कीले व्यायाम गराइरहेका छन् । पार्कीले आफूलाई जिम्नास्टिक, जुम्बा र किकबक्सिङ जस्ता कार्य गराएर तौल घटाउन सहयोग पु¥याएको अभिनेत्री प्रियंकाले बताएकी छन् । योबाहेक उनले कार्बोहाइड्रेड र चिनीजन्य खाना छाडेर १६ घन्टे किटो डाइट गरिरहेकी छन् । उनको यो प्रोटिन डाइटले पनि आफूलाई छोटो समयमा तौल घटाउन निकै सघाएको अभिनेत्रीले प्रियंकाले बताएकी छन् ।

अभिनेत्री प्रियंकाको भनाइमा उनले यो दुई महिनामा २४ केजी तौल घटाएकी छन् । अभिनेत्री प्रियंकाले पत्रकारसँग भनेकी छन्, ‘सुत्केरीको बेला म ९४ केजीको थिएँ र अहिले तौल घटाएर ७० केजीको भएकी छु । आझै ५ देखि ७ केजीसम्म घट्ने योजनामा छु ।’

सन्तान जन्मने भएपछि अभिनेत्री प्रियंका कार्कीले फिल्मको काम छाडेकी हुन् । यति बेला उनी नयाँ टेलिचलचित्रको छायांकनमा छिन् । अब चाँडै चलचित्रमा पनि नायिकाका रूपमा आउने उनले बताएकी छन् । सोही कारण आफूले तौल घटाएको पनि अभिनेत्रीले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।