image
image

मलेसियाको मागपत्र कार्यान्वयन गर्न तीन महिना समय थपियो

काठमाडौँ, २२, जेठ । सरकारले मलेसियामा कामदार आपूर्ति गर्न म्यानपावर कम्पनीले ल्याएको मागपत्रको म्याद तीन महिना थप गरेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गरी वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको मात्रपत्र प्रमाणित भइ पुर्व स्वीकृति लिइसकेका तर यहि जेठ २१ मा म्याद सकिने मागपत्रको म्याद तीन महिना थप गरेका हुन्।

कोभिड महामारीका कारण  मलेसिया सरकारले केडिएन (गृह मन्त्रालय) प्रमाणीकरणको म्याद एक वर्ष थप गरेको र भिसा आउन समय लाग्ने भएकोले आगामी भदौ २२ गतेसम्मका लागि म्याद थप गरेका हुन्।

यसअघि लकडाउनअघि म्यानपावर कम्पनीले कामदार आपूर्ति गर्न ल्याएको मागपत्रको म्याद ६ महिना थपिएको थियो।

फागुन २०७६ अघि प्राप्त भएका मागपत्र कार्यान्वयन गर्न २२ मंसिर २०७८ देखि २१ जेठ २०७९ सम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।