image
image

वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा देखिएका समस्याबारे गृहमन्त्री र श्रममन्त्रीबीच छलफल

काठमाडौँ, १९, जेठ । गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।

भेटमा श्रम स्वीकृतिजस्तै रिलेसन भिसा र भिजिट भिसामा विदेश जाँदा पनि पहिल्यै स्वीकृति लिनुपर्ने व्यवस्था गर्नेबारे छलफल भएको छ ।

अध्यागमन विभागले रिलेसन भिसा र भिजिट भिसामा विदेश जानेहरूले स्वीकृति लिनका लागि ‘एप्स’ निर्माण गर्ने र सोको व्यवस्थापन छुट्टै शाखा मार्फत गर्ने विषयमा कुराकानी भएको छ ।

घुम्न जानेले एप्समा भरेको विवरण र पेस गरेका कागजातको यथार्थता यकिन भएपछि अनुमति दिँदा सरकारसँग विदेशमा घुम्न जानेको अभिलेख हुने र बिचल्लीमा परेर फर्किन पर्ने समस्या समाधान हुन सक्ने सहभागीहरूले बताए ।

बैठकमा केही स्थानीय तहले कोरियाका स्थानीय तहसँग भगिनी सम्बन्ध गाँस्दै ‘सिजनल वर्कर’ पठाउने सहमति गरेको विषयमा पनि कुराकानी भएको थियो ।

नेपालको कानूनमा श्रम स्वीकृति दिने अधिकार संघ सरकारलाई मात्र दिइएकाले प्रदेश तथा स्थानीय सरकारले त्यसरी सिधै पठाउन नमिल्ने सहभागीहरूले बताए ।

बुधवार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेललगायत दुवै मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।