image
image

‘कबड्डी ४’को घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान, तीन दिनमा साढे ८ करोड कमाई

काठमाडौँ, १७, जेठ । ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान कायम गरेको छ । फिल्मको तीन दिनको कुल ग्रस कमाइ साढे ८ करोड रुपैयाँ छ ।

तीन दिनमा लगातार तीन करोड अनुपातमा कमाइ गरेको फिल्मले आगामी दुई दिनमा दुई अंकको कमाइ गर्ने अपेक्षा छ । सोमबार र मंगलबारको शो र अकुपेन्सी हेर्दा कमाइले १० करोडको आँकडा पार गर्ने अनुमान छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा पहिलो सप्ताहन्तको कमाइ २ करोड १८ लाख रुपैयाँ ग्रस छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईको कमाइ १ करोड १२ लाख रुपैयाँ ग्रस छ ।

वान सिनेमाजमा ४५ लाख, बिग र एफक्यूबको कमाइ ४० लाख अनुपातमा छ । बीएसआरमा ३० लाख, पोखराको मिडटाउनमा १२ लाख, गोपीकृष्ण र अष्टनारायणमा २० लाख, रञ्जनामा २१ लाख ग्रस कमाइ छ ।

मुलुकको फिल्म कमाइको एकतिहाइ हिस्सा क्यूएफएक्स एक्लैले ओगट्छ । सोमबार र मंगलबार पनि अकुपेन्सी ८० देखि ९० प्रतिशतमा रहने क्यूएफएक्सको तथ्यांकले देखाउँछ ।

रामबाबु गुरुङ निर्देशित फिल्मले अझै केही साता घरेलु बक्स अफिसमा दबदबा कायमै राख्ने प्रक्षेपण छ ।

झण्डै तीन करोड लगानीमा निर्माण भएको फिल्मले रिलिजअघि नै विदेश र डिजिटल अधिकार बिक्रीबाट लगानी सुनिश्चित गरेको छ । मणिराम पोखरेल र बाँसुरी फिल्म्सले निर्माण गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।