image
image

मलेसियासँग श्रम सम्झौता भएपछि पठाइएका कामदारको विवरण पठाउने समय थप, कहिलेसम्म ?

काठमाडौँ, १५, जेठ । वैदेशिक रोजगार विभागले मलेसियासँग श्रम सम्झौता भएपछि पठाइएका कामदारको विवरण पठाउने म्याद १५ दिन थप गरेको छ । 

यसअघि गत जेठ ५ गते सात दिनभित्र विभागमा मलेसिया पठाएका कामदारको विवरण पठाउन पत्राचार गरेकोे विभागले वैदेशिक रोजगार व्यवसायी संघको लिखित आग्रहमा १५ दिन समय थप गरेकोे हो । 

 संघका संयोजक विमलप्रसाद ढकालले केही व्यवसायी स्थानीय तहको निर्वाचनका लागि राजधानी बाहिर र केही व्यवसायी विदेशमा रहेकोे भन्दै विभागले दिएको एक हप्ताको समय अपर्याप्त भएको भन्दै म्याद थप गर्न लिखित आग्रह गरेका थिए ।

विभागले संघबाट प्राप्त पत्र र आग्रहसमेतलाई ध्यान दिएर म्याद थप गरिएको भन्दै थपिएको म्यादमा तोकिएको ढाँचामा अनिवार्यरूपमा विवरण पठाउनुपर्ने बताएको छ । थप भएको म्याद जेठ २६ गतेसम्म रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।