image
image

वृद्धभत्ता बढाएर छिट्टै ५ हजार पुर्याउँछु : प्रधानमन्त्री ओली 

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाएर ५ हजार पुर्याउने बताएका छन् । 

बुधबार सुनकोशी–मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्याउने बताएका हुन् । 

उनले २०५१ सालमा आफ्नै पार्टीको सरकारले एक सयबाट शुरु गरेको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताए ।

ओलीले शिलान्यास गरेको सुनकोशी–मरिन डाइभर्सन बुहउद्देश्यीय परियोजना सिँचाईमा केन्द्रित भए पनि डाइभर्सन गरेर मरिनमा खसालिएको पानीबाट २९ मेगावाट बिजुली पनि उत्पादन गरिने भएको छ । 

२ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले आर्थिक वर्ष ०७७÷७८ को बजेटमा दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आयोजनामा तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी मरिनमा खसालिने छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।