image
image

नवौं राष्ट्रिय खेलकुद फेरि सर्‍यो

काठमाडौँ, १०, जेठ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि सरेको छ। आगामी जेठ २२ देखि २८ गतेसम्म हुने तय प्रतियोगिता स्थगित गरिएको युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। 

प्रतियोगिता अब असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुने मन्त्रालयले जनाएको छ। प्रतियोगिता सार्दै नयाँ मितिमा गर्नका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए। 

यसअघि मन्त्रिपरिषद्को बैठकबाट प्रतियोगिता जेठ अन्तिम साता गर्ने निर्णय भएको थियो।मन्त्री गहतराजले प्रतियोगिता सार्वजनिक खरिद ऐनअनुरूप जेठमा गर्न समस्या भएकाले सार्नु परेको बताए।  ३५ दिनको सूचना निकालेर समान खरिद गर्न समय अपुग भएकाले प्रतियोगिता सारिएको हो।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली टिम गरी ११ टिमका खेलाडीले प्रतिस्पर्धा गराउन तयारी गरिएको थियो।  प्रतियोगिताका लागि लोगो र मस्कट समेत सार्वजनिक भइसकेको छ।गण्डकी प्रदेशमा हुने प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने निर्णय समेत भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।