image
image

रासायनिक मलको अभाव हुन दिँदैनौ : कृषि मन्त्रालय 

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव हुन नदिने जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानहरुलाई मलको अभाव हुन् नदिने दाबी गर्दै मल भण्डारको व्यवस्था गर्ने बताएको हो ।

तत्कालीन समाधानका रूपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालीन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालयले तयारी थालेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले बताइन ।

उनले सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने समेत बताईन । यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार आयात गरिने छ । गत वर्ष जति मल वितरण भएको थियो त्यति मल चालु आर्थिक वर्षमा अहिलेसम्ममा गरिसकेको दावी गर्दै अर्यालले हाल ३ लाख ६९ हजार मल स्टक रहेको दावी गरिन् । 

१ लाख मेट्रिक टन मल वितरण भइसकेको बताउँदै मन्त्री अर्यालले २ लाख ७२ हजार मेट्रिक टन मल स्टकमा रहेको र २ लाख ६९ हजार बाटोमा आइरहेका र त्यो आउने निश्चित रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।