image
image

भैरहवामा जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना हुने

काठमाडौँ, ८, जेठ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ९किसान०ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जानेहरुलाई सरल र सहज सेवा दिन जेठ महिनाभित्रै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने घोषणा गरेका छन् । 

भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै स्थानीयस्तरमा संचालन गर्ने प्रतिवद्धता जनाए । 

यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरू गरेको जजिरा एयरवेजका नेपाल प्रतिनिधिले काठमाडौंबाट यात्रु लगेर उडान गर्न नसकिने भन्दै जेठ महिनाभित्र स्थानीयस्तरमा श्रम स्वीकृति दिने व्यवस्था गर्न सुझावको शैलीमा दबाब दिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।