image
image

माओवादीबाट निर्वाचित थाहा नगरका मेयर विष्टले दिए राजीनामा

काठमाडौँ, २२, वैशाख । नेकपा माओवादी केन्द्रबाट थाहा नगरपालिकाका मेयरमा निर्वाचित लभशेर विष्टले राजीनामा दिएका छन्। बिहीबार विष्टले आफ्नो व्यक्तिगत कारण भन्दै राजीनामा दिएको थाहा नगरका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए । उम्मेदवारी नदिएका विष्टले आफ्नो पार्टीका उम्मेदवार जिताउन राजीनामा दिएर चुनाव प्रचारमा खटिने बताएको छ । 

चुनावी आचारसंहिता लाग्ने भएकाले मेयरबाट राजीनामा दिएर जिम्मेवारीबाट मुक्त भएका हुन् । यसअघि निर्वाचनमा मेयरमा माओवादीबाट विष्ट र उपमेयरमा काँग्रेसका खड्गबहादुर गोपाली निर्वाचित भएका थिए । यस निर्वाचनमा माओवादी र काँग्रेसबीच चुनावी तालमेल छ । माओवादीबाट मेयरमा विष्णु विष्ट र काँग्रेसबाट उपमेयरमा भरत गोपाली उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।