image
image

तत्काल वैदेशिक रोजगारको विकल्प छैन : विश्वप्रकाश शर्मा

काठमाडौँ, ८, वैशाख ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी एक दशकका लागि नेपालमा वैदेशिक रोजगार व्यवसायको सान्दर्भिकता रहने बताए । महामन्त्री शर्माले तत्काल वैदेशिक रोजगारको विकल्प नभएकाले यस क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न पार्टीका तर्फबाट पहल गर्ने बताए । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको एघारौं साधारणसभामा प्रमुख अतिथि शर्माले रोजगारी र अन्य अवसरहरूको खोजीमा एक ठाउँबाट अर्को ठाउँ वा कम विकसित मुलुकबाट विकसित मुलुकमा जाने क्रम वर्तमान विश्वमा सामान्य र स्वभाविक बनेको बताए । 

वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स नेपालको विकासमा महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै महामन्त्री  शर्माले  नेपालमा हिंसाको दश वर्षे कालखण्ड, महाविनाशकारी भुकम्प, नाकाबन्दीलाई रेमिटान्सले टेवा दिएर देशको प्राण भरेको बताए ।महामन्त्री शर्माले यस क्षेत्रमा रहेका कमीकमजोरी सुधार गरेर अघि जानुको विकल्प नरहेको बताए । २०४६ सालको परिवर्तनपछि  एकथरीले भर्खर किशोर अवस्था पार गरेका युवायुवतीलाई राज्यसत्ता जित्ने नाममा बन्दुक थमाएपछि नेपाली काँग्रेसले उनीहरूलाई हिंसाबाट जोगाउन विदेश पठाउन पासपोर्ट थमाएको र त्यसरी पासपोर्ट थमाउनु त्यस समयको बाध्यता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।