image
image

वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा खनाल निर्वाचित

काठमाडौँ, ८, वैशाख । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा कुमुद खनाल निर्वाचित भएका छन् । एसोसिएसनको बुधबार राती सम्पन्न निर्वाचनमा खनालले तारानाथ अर्याललाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको २ सय ६७ मतमा खनालले १ सय ४९ प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी तारानाथ अर्यालले १ सय ६ मत पाए ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भगिरथ राई (रमेश), द्वितीय उपाध्यक्षमा विनोदजंग केसी, तृतीय उपाध्यक्षमा दीपक थापा, महासचिवमा कमल काफ्ले, सचिवमा लक्ष्मण पौडेल, सह–सचिवमा हर्क लिम्बू, कोषाध्यक्षमा कैलाश कार्की र सह–कोषाध्यक्षमा जफरूद्विन मियाँ विजयी भएका छन् ।

 

यस्तै कार्यसमिति सदस्यहरूमा हिरा बुढाथोकी, सुनिता कर्माचार्य, सुनिता श्रेष्ठ, कैलाश पाठक, पंकज कुमार मिश्रा, प्रदीप थापा, मदन पुरी, यम कुमार क्षेत्री केसी, रविन मेगाले मगर र राम बहादुर लामा तामाङ निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षका लागि हुने व्यवस्था छ।

एसोसिएसनको विधानअनुसार कुल २३ सदस्यीय केन्द्रिय समिति हुने छ । जसमध्ये ४ जना अध्यक्षले मनोनयन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।