image
image

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

काठमाडौँ, ७, वैशाख । चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो ।

चालू आवको पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको सङ्ख्या हालसम्मकै उच्च देखिएर बीचका दुई महिना केही घटेर चैतमा पुनः बढेको छ।गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो।

कोरोना सङ्क्रमणको तेस्रो लहरपछि चैतमा सबैभन्दा बढी युवाले श्रमस्वीकृति लिएको पाइएको छ। चालू आर्थिक वर्षको साउन महिनामा २३ हजार ३ ले विदेश जान श्रम स्वीकृति लिएकोमा यो सङ्ख्या चैतमा ५२ हजार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।