image
image

मलेसियामा ५ लाख बंगलादेशी कामदारको प्रवेशमा ढिलाइ गर्न आग्रह

काठमाडौँ, ५, वैशाख ।  नेपाली कामदारको प्रमुख र आकर्षक गन्तब्य रहेको मलेसियामा बिदेशी कामदारको माग खुलेसंगै बंगलादेशबाट धेरै कामदार मलेसियाबाट जाने चर्चा चलिरहेकै बेला मलेसियामा बंगलादेशका कामदार नल्याउन आग्रह गरिएको छ । 

मलेसियाको ट्रेड युनियन कंग्रेस (एमटीयुसी) ले यसै महिनादेखि मलेसिया आउने अपेक्षा गरिएका ५ लाख बंगलादेशी कामदारको प्रवेशमा ढिलाइ गर्न सरकारसँग आग्रह गरेको छ । 

एमटीयुसीले यसअघि सन् २०१५ मा १५ लाख कामदार भर्नाको प्रसंग चल्दा पनि स्थानीय कामदार शोषणमा पर्ने भन्दै ठूलो संख्यामा बंगलादेशी कामदार ल्याउन नहुने अडान राखेको थियोे । एमटीयुसीका  महासचिव कमरुल बहरिन मन्सोरले ठूलो संख्यामा हुने विदेशी कामदारहरूको आगमनले स्थानीय कामदारले राखेका जायज मागहरू सम्बोधनमा समस्या सिर्जना गर्ने बताएका छन् । 

मलेसियाको कतिपय क्षेत्रमा बंगलादेशी कामदार नेपाली कामदारका प्रतिस्पर्धी मानिन्छन् । मलेसियन ट्रेड युनियन कांग्रेसले ठूलो संख्यामा बंगलादेशी कामदार ल्याउन भन्दा स्थानीय मलेसियन कामदारहरूलाई तालिम दिन र तिनीहरूलाई आकर्षित गर्न तलब स्केल बढाउन सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।