image
image

एनसीसी बैंकको साढे २६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने

काठमाडौँ, २४, चैत ।  नेपाल क्रेडिट एन्ड कमर्स ९एनसीसी० बैंकले साढे २६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको २६ लाख ६३ हजार ६६ कित्ता सेयर बिक्री गर्ने भएको हो ।  

बिक्रीमा राखिएको संस्थापक सेयर खरिदका लागि बैंकले संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखेको एक सुचना मार्फत जनाएको छ । यस्तै सूचना प्रकाशित भएको ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीलाई बैंकको काठमाडौंको बागबजारस्थित कार्यालयको सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन पेस गर्न आग्रह गरिएको छ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्ताहरुका सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।