image
image
चीनमा कोभिड बढेको बढ्यै, एकैदिन २० हजार संक्रमित

चीनमा कोभिड बढेको बढ्यै, एकैदिन २० हजार संक्रमित

काठमाडौँ, ,२३, चैत । चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो महामारीको सुरुवात पछिकै ठूलो संख्या हो । कोभिडकै कारण सांघाईमा लकडाउन घोषणा गरिएको छ । 

सरकारले शून्य कोभिड नीति अबलम्बन गरिरहेको बताइरहेका बेला संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा थियो । 


तर, नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या तीब्र बढिरहेको छ । बुधबार मात्र २० हजार ४७२ जना नयाँ संक्रमित भेटिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । अधिकांशमा लक्षण देखिएको छैन् । त्यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणबाट कसैको मृत्यु नभएको बताइएको छ । 



परीक्षणपछि पोजेटिभ देखिएका मानिसहरूका कारण सांघाई क्वारेन्टिन केन्द्र भरिएका छन् । संक्रमण नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरूले कडाइ गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।