image
image

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री बीच भेटवार्ता

काठमाडौँ, १५, चैत ।  नेपालका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

श्रीलंकाको कोलम्बोमा दुई समकक्षीबीच आज भेटवार्ता भएको हो । कोलम्बोमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमिस्टेक)सम्मेलनमा सहभागी हुने क्रममा खड्का र जयशंकरबीच भेटवार्ता भएको हो ।

विमिस्टेक सम्मेलन आजैदेखि कोलम्बोमा सुरु भएको छ ।

परराष्ट्रमन्त्री खड्काले यसअघि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग वार्ता गरेर विमिस्टेक सम्मेलनमा सहभागी हुन कोलम्बो पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।