image
image

मञ्जुले जितिन् ‘मिसेस ब्यूटी क्विन’ को उपाधि

काठमाडौँ, १३, चैत ।  काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मन्जु डोटेलले हात पारेकी छन् । सिजन मिडियाद्वारा शनिबार आयोजित समारोहमा १२ प्रतियोगीलाई पछि पार्दै डोटेलले उपाधि लिन सफल भएकी हुन् 

उनले पपुलर र मल्टिमिडिया अवार्डसमेत जितेकी छन् । काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिस्पर्धामा धनगढीकी निरु सिंह फष्ट रनर अप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनर अप हुन सफल भइन् ।

प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमशः थर्ड र फोर्थ रनर अप हुन सफल हुनुभयो भने मिना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गरेकी छन् । अन्तिम प्रतिस्पर्धामा निरु सिंहले मिसेस इलिगेन्स, सविता पोखरेलले मिसेस व्यूटिफुल स्किन, सावित्री पाण्डेले मिसेस भ्युअर च्वाइस, सुमिता तामाङ गुरुंगले मिसेस इनोसेन्ट, दुर्गा लामिछाने मिसेस इन्टेलिजेन्स अवार्ड प्राप्त गरिन् ।

यस्तै सविना आले मगरले मिसेस फेसनेवल, रुपा परियारले मिसेस मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले मिसेस डिसिप्लिन, सीता पाण्डेले मिसेस वेष्ट वाक, प्रेरणा सिजापति बरालले मिसेस फोटोग्राफिक, मिना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गरिन् ।

कुल २० प्रतिस्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिस्पर्धामा सहभागी हुनुभएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए। फागुनमा १५ बाट शुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।