image
image

चिनियाँ विदेशमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, १३, चैत ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ विदेशीमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहान ओली र वाङबीच काठमाडौँको मेरियट होटेलमा भेटवार्ता भएको हो ।

भेटमा दुई पक्षीय आपसी हितका विविध विषयमा विचार-विमर्श भएको बताइएको छ । त्यसक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरू पनि उपस्थित थिए ।

एमाले नेताहरूसँगको भेटलगत्तै विदेशमन्त्री वाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् । तीन दिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कने तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।