image
image

इजरायल रोजगारीमा ढिलाई, २ सय ९७ जना उडे

काठमाडौँ, ११, चैत ।  दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट कामदार इजरायल जान ढिलाई भएको छ । इजरायलको परराष्ट्र मन्त्रालयमा उत्पन्न श्रम विवादले नेपालबाट जाने सहयोगी कामदारको भिसा र सम्झौतापत्रको प्रक्रियामा ढिलाइ भएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

वैदेशिक रोजगार विभागले बिहीबार सूचना जारी गरी इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने सहयोगी कामदारका लागि छनोट भएका १ हजार १ सय ७५ मध्ये २ सय ९७ जना उडिसकेको अवस्थामा इजरायलको परराष्ट्र मन्त्रालयमा श्रम विवाद उत्पन्न भएको बताएको छ । 

इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौता पत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ । शुरूवातमा पाँच वर्षको लागि जाने नेपालीले प्रत्येक वर्ष भिसा नवीकरण गर्नुपर्ने व्यवस्था छ ।विभागले सोही कारणले छनोटमा परेका बाँकीको इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीको श्रम विवादका कारणले भिसा र सम्झौतापत्र आउन नसकेको बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।