image
image

विश्वकपमा नेपाली कामदारलाई लइजान कतार इच्छुक

काठमाडौँ, १०, चैत ।  कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले समकक्षी डा. अल बिन समिख अल मारीसँग शिष्टाचार भेट गरेका छन् । 

सोमबार भएको भेटमा नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । भेटका क्रममा मन्त्री श्रेष्ठले नेपाल–कतारबीचको  श्रम सम्झौता नवीकरणको मस्यौदाबारे जानकारी गराएका थिए । 


नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको छ । भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र २४ घण्टे बीमाको व्यवस्था लगायतका विषयमा पनि छलफल भएको बताइएको छ । कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रूप दिने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।साथै गत मङ्सिरमा काठमाडौंमा सम्पन्न नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि छलफल भएको थियो ।

मन्त्री मारीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।