image
image

फागुनमा ५३ हजार ४ सय ५७ को श्रम स्वीकृति

काठमाडौँ, ९, चैत । पुस र माघ महिनाको तुलनामा फागुन महिनामा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटेको छ । 

वैदेशिक रोजगार विभागले तयार पारेको मासिक प्रगति प्रतिवेदन अनुसार फागुनमा संस्थागतरूपमा २४ हजार ९८ जनाको श्रम स्वीकृति भएको छ । माघमा उक्त संख्या ३० हजार २ सय ९७ र पुसमा  ३३ हजार १ सय ९३ थियोे ।

विभागको प्रगति विवरण अनुसार ८ सय ६० मध्ये फागुन महिनामा ६ सय ४८ म्यानपावर कम्पनीले कामदार पठाउन श्रम स्वीकृति लिएका छन् । २ सय बढी म्यानपावर कम्पनीले फागुन महिनामा एक जना कामदारको पनि श्रम स्वीकृति निकालेनन् ।फागुनमा व्यक्तिगत प्रयासमा नयाँ २ हजार ३ सय २९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैधानिकीकरण हुने एक हजार ९३ जना र पुनः श्रम स्वीकृतिका माध्यमबाट २५ हजार ९ सय ९७ जनाको श्रम स्वीकृति भएको छ । समग्रमा फागुन महिनामा ५३ हजार ४ सय ५७ जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिना माघमा ५४ हजार ४ सय ६५ जनाको श्रम स्वीकृति भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।