image
image

कुवेतले माग्यो भारी सङ्ख्यामा नेपाली पुरुष महिला कामदार, मासिक तलब तथा सेवासुविधा कस्तो ?

काठमाडौँ, ७, चैत ।  कुवेतले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको trolley central market company कम्पनीले २५० जना पुरुष र ४० जना महिला गरी जम्मा २९० जना नेपाली कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै  भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । कामदारले मासिक तलब खान बस्न सहित ५५ हजार बढि पाउनेछ । इच्छुक कामदारले जी सि डि worldwide pvt. ltd. को कार्यालय सिनामंगल काठमाडौंमा चैत्र १४, १५ र १६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।