थपिए ५१ कोरोना संक्रमित, निको भए ३९२ जना
काठमाडौँ, ४, चैत । देशभर थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ५१ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार ९१४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै देशभर ३ हजार ९९६ जना सक्रिय संक्रमित छन्।२ हजार ५९२ जनाको पिसिआर र ३ हजार ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो।
२९२ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।









