image
image

२ लाख बढी तलबसहित जापनमा नेपाली कामदारको माग, संख्या कति ?

काठमाडौँ, २७, फागुन ।  जापानले नेपाली कामदारको माग गरेको छ । जापानको KABUSHIKAISHA DAIKI,AICHIKEN नामक कम्पनीले ३  जना नेपाली कामदारको माग गरेको हो । 

कामदारले हप्तामा ५ दिन  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले मासिक तलब २ लाख बढी पाउनेछ । खान व्यवस्था कामदार आफैले गर्नुपर्ने छ भने बस्ने व्यवस्था कम्पनीले नै गरिदिनेछ । इच्छुक कामदारले रोयल ओभरसिज नेपाल प्रालिको कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गर्नु पर्ने छ । यस्तै, कामदारको उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको अविवाहित हुनुपर्नेछ । नेपाल सरकारको उद्योग मन्त्रालय अन्तर्गतका निकायशरुमा ३ वर्ष पूर्व दर्ता भई सञ्चालन भइरहेको औद्योगिक प्रतिष्ठान उद्योग व्यवसाय, कृषि सहकारी,सामुदायिक संघसंस्था,होटल पर्यटन व्यवसाय अर्थात सेवा तथा वस्तु उत्पादन व्यवसाय जस्ता क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । साथै, निर्माण सम्बन्धि कामको निर्मित सम्बन्धि उद्योग,उद्यम वा सम्बन्धित विषयको संस्थामा कम्तिमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने । जापनी भाषा र संस्कृतिका सम्बन्धमा तालिम लिएको हुनपर्नेछ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । भिसा शुल्क र हवाई टिकट निशुल्क रहेने छ । भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।