image
image

फागुनको तेस्रो साता नेपाली श्रमिक कोरिया जान पाउने

काठमाडौँ, १७, फागुन ।  नेपाली श्रमिक फागुनको तेस्रो साता दक्षिण कोरिया जान पाउने भएका छन्। कोभिड संक्रमणका कारण रोकिएका श्रमिक फागुनको तेस्रो साता कोरिया जान पाउने भएका हुन् ।

यही फागुन २३ गते एकैदिन २३६ जना नेपाली श्रमिक कोरिया जाने वैदेशिक रोजगार विभागले जनाएको छ। जसमा यसअघि रोकिएकासहित ९८ नियमित र १३८ प्रतिबद्ध श्रमिक कोरिया जाने छन्। 

ईपीएस कोरिया शाखाका अनुसार नियमिततर्फका करिब ७ हजार र प्रतिबद्ध श्रमिकतर्फबाट ३ हजार गरी १० हजार श्रमिक कोरिया जान छनोट भएका छन्। यीमध्ये १ हजार ७१ युवा कोरिया प्रवेश गरिसकेका छन्। यसअघि कात्तिकदेखि सुरु भएको दक्षिण कोरिया उडानमा अधिकांश प्रतिबद्ध श्रमिक कोरिया गएका थिए। ईपीएसमार्फत कोरिया गएर ४ वर्ष १० महिना काम गरेर समयभित्रै फर्केकालाई प्रतिबद्ध श्रमिक भनिन्छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।