image
image

विश्वकपको छनौट खेलमा आज नेपालको निर्णायक खेल हुँदै

काठमाडौँ, १०, फागुन ।  नेपालले टि–ट्वान्टी विश्वकप छनौटमा आज मंगलबार निर्णायक खेल खेल्दैछ ।ओमानमा जारी विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा मंगलबार नेपालले युनाइटेड अरब इमिरेट्स युएईसँग खेल्न लागेको हो । यो खेलको विजेता अष्ट्रेलियामा हुने पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेटको लागि छनौट हुनेछ ।

समुह चरणमा नेपालले आयोजक ओमानसँगै फिलिपिन्स र क्यानाडालाई हराएको थियो । आजको सेमिफाइनलमा युएईलाई हराउन सके नेपालले विश्वकपको टिकट काट्नेछ । उता युएई भने समुहमा दुई जित र एक हारसहित दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।समुह चरणमा युएईले बहराईन र जर्मनीलाई हराउँदा आयरल्याण्डसँग पराजित भएको थियो ।त्यसैले मंगलबारको खेल नेपाली टोलीका लागि पछिल्लो एक दशककै महत्वपूर्ण खेलको रुपमा हेरिएको छ । सन् २०१४ मा बंगलादेशमा भएको टि–ट्वान्टी विश्वकप खेलेको नेपाल दोस्रो पटक विश्वकपमा छनौट हुने डिलमा पुगेकोछ । समुहका सबै तिन खेल जित्दै नेपाल विश्वकप छनौटको सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयरल्याण्ड र ओमन भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।