image
image

आकर्षक तलबसहित कतारको एक कम्पनीले माग्यो २०० जना कर्मचारी

काठमाडौँ, ९, फागुन । कतारको एक कम्पनीले भारी संख्यामा नेपाली पुरुष कामदारको माग गरेको छ ।   Selective Manpower Services LLC नाम गरेको कम्पनीले २०० जना पुरुष कामदारको माग गरेको हो । मोटरसाइकलिस्ट पदमा उक्त कामदारको माग गरिएको छ । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमाकामदार आफैले बेहोर्नु पर्ने छ । साथै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । कामदारले खान बस्न सुविधासहित मासिक ६६ हजार बढी तलब पाउनेछन्। इच्छुक कामदारले गण्डकी ओभरसिज कन्सर्न प्रालिको कार्यालय मिनभवन काठमाडौंमा फागुन १६ र १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।