image
image

बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन खुला, १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने

काठमाडौँ, ८, फागुन ।  सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार एक सूचना जारी गर्दै आवेदन खुला गरेको जानकारी गराएको हो । 

सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९/८० का लागि आवेदन दिन भनिएको छ । रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा आवेदन दिनुपर्नेछ । 

आवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारमा संलग्न नभएको हुनुपर्नेछ । आवेदन दिनका लागि १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।