image
image

नेपालमा विदेशी कामदार : ५०४ जनाले लिए श्रमस्वीकृति 

काठमाडौँ। विभिन्न मुलुकबाट नेपालमा काम गर्न ५०४ जना नयाँ विदेशी कामदारले श्रमस्वीकृति लिएका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा उक्त संख्यामा विदेशी कामदारले श्रमस्वीकृति लिएका हुन् । 

नेपालमा काम गर्न श्रमस्वीकृति लिनेको संख्या गत वर्षको तुलनामा ३५.६ प्रतिशतले घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ सय ८३ जना नयाँ विदेशी कामदार रोजगारीका लागि नेपालमा आएका थिए ।

देशमा आवश्यक जनशक्ति नहुँदा विदेशी कामदार ल्याएर आयोजना सम्पन्न गर्नुपर्ने अवस्था छ । ठूलाठूला सडक, सुरुङ मार्ग, विद्युत आयोजना, लगायत निमार्ण, होटल, व्यवसाय, रेस्टुरेन्ट, स्वास्थ्य क्षेत्र लगायत कामका लागि नेपालमा विदेशी कामदार आउने गरेका छन् । 

चिकित्सक, इन्जिनियर, प्राविधिक, व्यवस्थापक, आयोजनामा आउने विज्ञ लगायत लेवर कामका लागि समेत विदेशी कामदारहरु नेपाल आउने गरेको विभागले बताएको छ । विदेशी कामदारले नेपालमा ७ वर्षसम्म काम गर्न पाउने श्रम ऐनमा व्यवस्था रहेको छ । 

हाल नेपालमा भारत, चीन, अमेरिका, अस्ट्रेलियालगायत ८० भन्दा बढी देशका १६ हजार ३ सय ७८ जना कामदार कार्यरत छन् । नेपालमा भारत, चिन,अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, फिलिपिन्स, अमेरिका, बेलारुस, बेल्जियम, भुटान, बोलिभिया, लगायतका देशबाट कामदार भिसामा आउनेहरु धेरै छन् ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।