image
image

स्थ्य बीमा बोर्डले माग्यो भारी संख्यामा कर्मचारी, माघ २५ गतेसम्म आवेदन दिइसक्नु पर्ने

काठमाडौँ, २३, माघ ।  स्वास्थ्य बीमा बोर्डले भारी संख्यामा कर्मचारी माग गरेको छ । बोर्डले ४४ जना दर्ता अधिकारी माग गरेको हो । 

ना.सु सरहको पाँचौ तहका लागि उक्त कर्मचारी माग गरेको छ । बोर्डले गत माघ ५ गते करार सेवाका लागि दरखास्त आह्वान गरेको थियो । कोभिड-१९ को संक्रमण बढे पछि माघ १६ गतेदेखि स्थगित गरेको थियो ।

आवेदकहरु छनोट भए पश्चात स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्लाहरुमा गएर काम गर्नु पर्नेछ । इन्छुक आवेदकले ५०० रुपैयाँ दस्तुर तिरेर बोर्डको केन्द्रिय कार्यालयमा आवेदन बुझाउन सक्ने छन् । स्वास्थ्य बैंकले कोभिड-१९ को संक्रमण विस्तारै घट्न थाले पछि आवेदन प्रकृयाँ पुनः अगाडी बढाएको हो ।  मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेको नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

बोर्डले लिखित परीक्षाका साथै कम्प्युटर परीक्षण तथा अन्तर्वार्ताबाट छनोट गर्नेछ । आवेदन दिन इच्छुकले माघ २५ गतेसम्म दिइसक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।