image
image

भोलिबाट काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा लगाइने

काठमाडौँ, २३, माघ । काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणवाट क्षति न्युनीकरण गर्नका लागि सोमवार देखी फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ । 

जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ । 


काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सबन्धिन विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् । पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने गरी काठमाडौं महानगरपालिकाले सुचना जारी गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।