ललितपुर महानगरमा ५ दिन दोस्रो डोज खोप दिइने
काठमाडौँ, १८, माघ । ललितपुर महानगरपालिकाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई माघ २० गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज दिइँदैछ ।
महानगरले सोमबार सूचना जारी गर्दै महानगरपालिका यसअघि खोप लगाइएका विद्यालयहरुबाट माघ २०, २१, २३, २४ र २५ गते दोस्रो डोज फाइजर खोप दिइने जानकारी दिएको छ । महानगरले वडा अनुसार खोप दिने मिति छुट्याएको छ ।










