image
image
भारतमा एकैदिन थपिए साढे २ लाख सङ्क्रमित

भारतमा एकैदिन थपिए साढे २ लाख सङ्क्रमित

काठमाडौँ, ३, माघ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको सङ्क्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरूले बताएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा ​​कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३८५ जनाको मृत्यु भएको छ । आज सङ्क्रमितको सङ्ख्या आइतबारको तुलनामा १३ हजार कम देखिएको छ ।

भारतमा दैनिक सङ्क्रमित दर परीक्षण गरिएको सङ्ख्याको १६.६६ प्रतिशत रहेको छ । त्यस्तै भारतमा एकै दिन एक लाख ५१ हजार ७४० जना कोरोना सङ्क्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २७ राज्यमा ओमिक्रोन भेरिएन्टका ८२०९ केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ लाख नाघेको छ । अहिले भारतमा १६ लाख ५६ हजार ३४१ कोरोनाका सक्रिय केस रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट कूल ४ लाख ८६ हजार ४५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।