image
image

आजबाट बुस्टर मात्रा खोप, कहाँ–कहाँ पाइन्छ ?

काठमाडौँ, ३, माघ । सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरू गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिने भएको हो। तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने महाशाखाले जनाएको छ।

गत पुस २८ को मन्त्रिस्तरीय निर्णयबाट माघ २ देखि बुष्टर मात्रा खोप दिने गरी पत्राचार भएको थियो। काठमाडौंमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि केही तयारी नपुगेपछि सोमबारदेखि खोप लगाइने भएको हो।

अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइनेछ।उनीहरूलाई माघ १४ देखि खोप लगाइनेछ।

कहाँबाट लगाउने बुस्टर खोप
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट खोप लगाउन सकिन्छ।

यस्तै काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।