मेडिकल काउन्सिलका नियमित सेवा केहि दिन प्रभावित हुने
काठमाडौँ २८ पुस ।नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई संक्रमण पुष्टि भएपछि काउन्सिलले दिँदै आएको नियमित सेवामा प्रभाव पर्ने जनाइएको छ ।आज एक सूचना जारी गर्दै काउन्सिलले आगामी १० दिनको लागि नियमित सेवामा केही ढिलाई हुने जानकारी दिएको हो । काउन्सिलको अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा पनि कोरोना संक्रमण देखिएको काउन्सिलले जनाएको छ ।











