image
image

उपत्यकाका बालबालिकालाई आजदेखि फाइजर र मोडर्ना खोप

काठमाडौँ २७ पुस। सरकारले काठमाडौँ उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै आजदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो ।

उपत्यकाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। सिरिन्ज अभाव भन्दै दुई साताअघि खोप अभियान स्थगित भएको थियो ।

यसअघि पुस १३ देखि २२ सम्म खोप अभियान शुरू गरिएको थियो । भक्तपुरमा मोडर्ना, काठमाडौं र ललितपुरमा फाइजर खोप दिन लागेको हो ।

अन्य जिल्लाहरुमा समेत चाँडै खोप अभियान सुरु हुने मन्त्रालयले जनाएको छ । हाललाई काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।