image
image

सीमा नाकामै संक्रमण विरुछको खोप दिने तयारी

काठमाडौँ, २३, पुस । कैलालीको पूर्वी क्षेत्रमा कोरोना संक्रमण रोकथामका लागि सीमा नाकामा भारतबाट भित्रिनेको परीक्षण सुरु गरिएको छ । संक्रमण रोकथामका लागि सचेतना कार्यक्रम पनि थालिएको छ ।

नेपाल—भारत सीमा नाका खक्रौलामा आउजाउ गर्ने नेपालीलाई नाकामै खोप लगाइने टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । उनकाअनुसार सीमा नाका खक्रौलामा अहिले पनि हेल्थ डेस्क राखिएको छ । सम्भवत शनिबारबाट खोप लगाउन सुरु गरिने उनले बताए ।

टीकापुरमा १८ वर्ष माथिकालाई खोप लगाइएको छ । करिब ६० प्रतिशत जनसंख्यालाई खोप लगाइसकिएको रावलले बताएका छन् । अधिकांशले खोप लगाइसकेका छन् । उनले अब टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेकोले त्यति गाह्रो नहुने पनि सुनाए । टीकापुर अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टमा दैनिक ५५ सिलिन्डर अक्सिजन भर्न सकिने क्षमता छ । अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले टीकापुर अअस्पताललाइ ८० लाख, टीकापुर नगरपालिकाको २० लाख, जानकी गाउँपालिकाको १५ लाख र भजनी नगरपालिकाले पनि १५ लाख रुपैया सहयोग गरेका हुन् ।

टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रावलका अनुसार टीकापुरमा सिटी हललाई कोभिड अस्पतालका रुपमा स्थापना गरिएको छ । ‘संक्रमित बढेमा अस्पतालमा नअटाउने भए सिटी हलमा राखेर पनि उपचार गर्छौं’ उनले भने ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।