शाइन रेसुङ्गा विकास बैंकले माग्यो कर्मचारी
काठमाडौँ, २२, पुस । Shine resunga विकास बैंक लिमिटेडले रोजगारी दिने गरि आवेदन माग गरेको छ । केन्द्रीय कार्यालय र देशभरका शाखाहरुका लागि कर्मचारी माग गरिएको हो । न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जनाएको छ । त्यस्तै ३५ वर्ष ननाघेका व्यक्तिहरुले आवेदन भर्न पाउने बैंकले कर्मचारी आवश्यकता सम्बन्धि सूचनामा उल्लेख गरेको छ । इच्छुक व्यक्तिहरुले www.rollingnexus.com मा गई आवेदन दिन सक्नुहुने छ ।











